राष्ट्रपतिद्वारा बागमती, लुम्बिनी र कर्णालीमा प्रदेश प्रमुख नियुक्त, को-को भए ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ३ वटा प्रदेशमा प्रदेश प्रमुख नियुक्त गरेका छन् । सोमबार (साउन १४ गते) बसेको मन्त्रीपरिषद्को बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
जसमा बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा बझाङका यज्ञराज जोशी प्रदेश प्रमुख नियुक्त भएका छन् । यसअघि बागमतीका यादवचन्द्र शर्मा, लुम्बिनीका अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख रहेका थिए ।