३ किलो सुनसहित तीन चिनियाँ नागरिक पक्राउ |
काठमाडौं । करिव साढे ३ किलो सुनसहित तीन जना चिनियाँ नागरिक पक्राउ गरेका छन् ।
त्रिभुवन विमानस्थल प्रहरी र भन्सार कार्यालयको टोलीले तीन किलो ३०० ग्राम सुनसहित उनीहरुलाई पक्राउ परेको हो । मलद्वारमा सुन लुकाएर ल्याउँदै गर्दा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरु चीनको कुमिंगबाट आएका काठमाडौं आएका थिए । ति व्यक्तिलाई प्रहरीले दिसा गर्न लगाएर सुन निकालेको थियो ।
पक्राउ पर्नेहरुमा फुजियानका झ्यांग जिआंग, गान्सुका माओ इन्गुआ र गान्सुकै माओ फुमिंग रहेको उनीहरुको राहदानीमा उल्लेखित विवरणबाट खुलेको छ । उनीहरु किन नेपाल आए भन्ने खुलेको छैन । यसबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।