लक्ष्मी बैंक अन्तर्गतको लक्ष्मी केयर्सद्वारा ११ औं माउन्टेन बाइकल र्याली पोखरामा सम्पन्न |
काठमाडौं । लक्ष्मी बैंकका कर्मचारीहरुद्वारा सञ्चालीत लक्ष्मी केयर्स नामक गैरसरकारी संस्थाले उज्यालो अभियानअन्तर्गत “गो ग्रिन” अभियानलाई प्रवद्धन गर्ने उद्देश्यले पोखरामा १३ किलोमिटर साइकल र्याली आयोजना गरेको छ ।
पोखरा औद्योगिक क्षेत्रबाट प्रारभ्भ भई वाटरफ्रन्ट रिसोर्टसम्मको आयोजना गरिएको यस साइकल र्यालिमा २०० भन्दा बढी प्रतियोगी रहेका प्रायोजकका लक्ष्मी बैंकले जानकारी दिएको छ ।
नेपाल पर्यटन वोर्डको “भिजिट नेपाल २०२० लाई समेत प्रवद्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रमको सहयोगी संस्थाका रुपमा जेन्ट् पार्क, टेरा मोटर्स, यति एयरलाइन्स, डाबर नेपाल तथा सिवेक हस्पिटल रहेका थिए ।
साइकल यात्रा मुक्ति एण्ड रिभाइबलको लाइभ कन्सर्ट एवं साइकल स्टन्ट, स्थानीय झाँकी तथा अन्य थुप्रै आकर्षक कार्यक्रमहरुका साथ सम्पन्न भएको थियो ।
यो वार्षिक कार्यक्रमले जनचेतना जागरण गर्दै उज्यालो अभियानका लागि आवश्यक रकमको जोहो गर्दैे नेपालका विभिन्न ऐतिहासिक, वास्तुकला एवं पुरातात्विक स्थल एवं च्यारिटिसँग सम्बन्धित संघ संस्थाहरुमा सहयोग गर्दै आएको छ ।
गत वर्षहरुमा उज्यालो अभियानले बागमतीपुल, पाटन दरबार स्क्वायर तथाभद्रकाली–सिंहदरबार क्षेत्र, गढीमाई मन्दिर–वारा, चण्डेश्वरी मन्दिर बनेपा आदि क्षेत्रमा सोलार लाइट जडान गरेको थियो ।