ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त
काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र÷महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् ।
बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि दर्जनौ सामाजिक संघसंस्थामा रहेर काम गरिसकेकी छन् ।
ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ ।
बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल छन् भने अन्य सञ्चालकहरुमा रामबहादुर भण्डारी, राधेश पन्त, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल रहेका छन् ।