नेप्सेको बजार पुँजीकरण ४० खर्ब नाघ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को बजार पुँजीकरण ४० खर्ब ६७ अर्ब ४२ करोड रुपैयाँ भन्दा धेरै पुगेको छ । इन्डेक्सले करिब १८२६ विन्दुको बटम लगाउँदा बजार पुँजीकरण २८ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो ।
२०८० कात्तिक १९ गते नेप्सेकले उक्त विन्दुमा बटम लगाएको थियो । त्यसयता, बजार करिब ४१ प्रतिशतले बढिसकेको छ । बजार बढेसँगै पुँजीकरण पनि बढेको हो ।
सेयर बजारको मार्केट क्यापिटलाइजेसन ४४ खर्बसम्मको हाईमा पुगेको छ । नेप्सेले ३२०० विन्दुको हाई बनाउदा पुँजीकरण ४४ खर्ब रुपैयाँ भन्दा धेरै रहेको थियो । पछि मार्केटमा गिरावट आएसँगै पुँजीकरण २७ खर्बसम्म झरेको थियो ।