अन्नपूर्ण न्युरो अस्पतालमा ‘रोबोटिक सर्जरी’ सुरू
काठमाडौँ । माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालले ‘रोबोटिक सर्जरी’ सेवा सुरू गरेको छ ।
अस्पतालका अध्यक्ष डा वसन्त पन्तले यसै सातादेखि सेवा सुरू गरिएको जानकारी दिएका छन्। उनले भने , ‘हामीले नयाँ प्रविधि भित्र्याएका छौँ । यसले नियमित सर्जरीमाभन्दा आधाजति छिटो समयमा नतिजा ल्याउन सहयोग गर्छ । सेवा सुरू भएयता तीनवटा सर्जरी गरिसकेका छौँ ।’
डा पन्तले विशेष किसिमका बिरामीमा मात्र यस प्रविधिको प्रयोग गरिने बताउनुभयो । ‘हामी पनि परीक्षणकालमा छौँ । अझै पाँचवटा केशहरू हेर्छौं । रोबोटिक र अरु नियमित सर्जरीको नतिजा तथा समयसीमामा कत्तिको फरक रहेछ भनेर हेर्छौं’, उनको भनाइ छ ।