अनर २०० सिरिजको प्रि–बुकिङ खुला, स्मार्टवाच, स्क्रिन ब्रेकेज इन्स्योरेन्स र अरु थप अफरहरू
काठमाडौं । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले ‘द एआई पोर्ट्रेट मास्टर’ ट्यागलाइनसहित अनर २०० सेरिजको प्रि-बुकिङ खुला गरेको छ । १७ जुलाईदेखि खुला गरिएको प्रि-बुकिङ २३ जुलाईसम्म जारी रहने कम्पनीले जनाएको छ ।
फोनमार्फत प्रि-बुक गर्ने ग्राहकका लागि रोचक उपहार र अफरहरू समेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार स्टुडियो लेभल एआई पोर्ट्रेट क्यामेरा बाहेक अन्य स्पेसिफिकेसनहरू रहेका छन् ।
नेपाली बजारमा अनर २०० प्रो १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्ट र अनर २०० को १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्ट उपलब्ध छन् ।
यो नवीनतम फोनमा टेलिफोटो क्यामेराको साथ नवीनतम स्न्यापड्रागन चिप फिचर जडान गरिएको कम्पनीको भनाइ छ ।
अनर २०० सेरिजले पेरिसको सबैभन्दा महँगो र कालातीत स्टुडियो हार्कोर्ट स्टुडियोसँग सहकार्य गरेको जनाइएको छ । एउटा फोटोसुटका लागि २ हजार युरो लागत पर्ने कम्पनीको दाबी छ । यस सहकार्यबाट अनरले तीनवटा हार्कोर्ट पोर्ट्रेट मोडको साथमा उत्कृष्ट एआई पोर्ट्रेट प्रदान गर्न सक्षम हुने कम्पनीको भनाइ छ ।
कम्पनीका अनुसार अनर २०० श्रृंखलामा ५० एमपी पोर्ट्रेट मुख्य क्यामेरा रहेको छ भने उन्नत हार्डवेयर र एआई-सञ्चालित सफ्टवेयर जडान गरिएको छ ।
सुपर डायनामिक एच९००० सेन्सर र फोर इन वान पिक्सेल बिनिङ टेक्नोलोजी जडित यस स्मार्टफोनले कम प्रकाशमा पनि उत्कृष्ट तस्वीरहरू खिच्न सक्ने कम्पनीले जनाएको छ ।
नयाँ मोडलको सिरिजमा ५२०० एमएएच सिलिकन-कार्बन ब्याट्री प्रयोग भएकोले एकल चार्जमा ६१ घण्टासम्म निरन्तर संगीत स्ट्रिमिङ गर्न सक्षम रहेको कम्पनीको दाबी छ।
बलियो स्न्यापड्रागन ८एस जेन ३ प्रोसेसर रहेको अनर २०० प्रोले सिमलेस ग्राफिक्स रेन्डरिङ र रियल टाइम ग्यारेन्टी सहित ३ गेगाहर्जसम्मको सीपीयू रहने छ ।
मूल्य कति ?
अनर २०० प्रो ओसन सायन र ब्ल्याक गरी दुई रंगमा उपलब्ध हुनेछ भने अनर २०० मुनलाइट ह्वाइट र ब्ल्याकमा उपलब्ध हुनेछ ।
सेलट्रोन नेपालले अनर २०० १२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टको मूल्य ६४ हजार ९९९ रुपैयाँ तोकेको छ भने १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ६७ हजार ९९९ रुपैयाँ तोकेको छ ।
अनर २०० प्रि-बुकिङ गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँ पर्ने अनर च्वाइस वाच १ हजार ९९९ रुपैयाँमा प्राप्त गर्न सक्नेछन् भने स्क्रिन ब्रेकेज बीमाको लाभ उठाउन सक्नेछन् ।
अनर २०० प्रो १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८४ हजार ९९९ रुपैयाँ तोकिएको छ भने प्रि-बुकिङ अवधिभित्र खरिद गर्ने ग्राहकले १३ हजार ९९९ रुपैयाँको अनर च्वाइस वाच, ५ हजार ४९९ मूल्यको अनर च्वाइस इयरबड एक्स५ सहित स्क्रिन ब्रेकेज बीमा र भीआईपी कार्ड पनि प्राप्त गर्नेछन् ।
बीमा दर्ताका लागि ग्राहकहरूले बक्ससँगै आउने क्यूआर स्क्यान गर्नुपर्नेछ भने बिमा र भीआईपी कार्डमा सर्तहरु लागु हुनेछन् ।
ग्राहकहरूले अनरको अधिकारिक स्टोरहरूबाट अनर २०० सेरिज अनलाइन र अफलाइन दुवै प्लेटफर्मबाट प्रि-अर्डर गर्न सक्नेछन् । दराज र हुकुट जस्ता अनलाइन प्लेटफर्मबाट प्रि-बुकिङका गर्न सकिने कम्पनीले जनाएको छ ।