युएम बाइकको नयाँ बर्ष स्किमː पाँच हजारदेखि १ लाख रुपैयाँसम्म नगद |
काठमाडौं । यूएम बाइकको आधिकारिक वितरक आईएमई अटोमोटिभ्सले नयाँ वर्षलाई लक्षित गर्दै ‘नयाँ वर्षको बहार’ सार्वजनिक गरेको छ ।
अफरअन्तर्गत यूएम बाइकको खरिदमा ५ हजारदेखि १ लाख रुपैयाँसम्म नगद जित्न सकिने विज्ञप्तिमा उल्लेख छ । अफर चैत २५ देखि लागू भएको छ । बैशाख मसान्तसम्म सञ्चालन हुनेछ ।
डर्टर क्रुजर बाइकमा ख्याती कमाइसकेको यूएमका बाइक डीएसआर २००, डीएसआर २३०, हाइपर स्पोर्ट २५० र रेनेगेड सिरिजका बाइक उपलब्ध छन्।् । १८० देखि ३०० सीसीका क्रुजर बाइकहरु पनि उपलब्ध छन् ।