केटीएम बाइकको नयाँ बर्षमा स्किम, ‘थ्रिल विटआउट द बिल’ अफर |
काठमाडौं । केटीएमको विक्रेता हन्सराज हुलासचन्द प्रालिले नयाँ वर्षको अवसरमा ‘थ्रिल विटआउट द बिल’ अफर ल्याएको छ । यो अफर प्रिमियम बाइकको नयाँ खरिदकर्ताहरुका लागि लागू गरिएको छ ।
नेपालमै प्रिमियम सेग्मेन्टको मोटरसाइकलहरुमा सबैभन्दा धेरै विक्री हुने केटीएमले पार्टपुर्जामा २ वर्षको लागि बिना शुल्कको मर्मत–संभार सेवा प्रदान गर्नेछ । अफर अन्तर्गत पार्टपुर्जा, इञ्जिन आयल, सर्भिसिङ र लेबर चार्ज निːशुल्क हुने छ ।
‘थ्रिल विटआउट द बिल’ अफरका साथ हन्सराज हुलासचन्द केटीएमले जेन्युन पार्टपुर्जाहरु प्रदान गरेर आफ्ना ग्राहकहरुलाई भविष्यको मर्मत–संभारको खर्चलाई पनि न्यून बनाउन मद्दत गरेको विज्ञप्तिमा उल्लेख छ ।