काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुको शुल्क तोक्यो, मासिक ३६ सय भन्दा बढि लिन नपाइने |
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न निजी विद्यालयहरुको अधिकतम शुल्क निर्धारण गरेको छ । कामपाले २ बर्षअघिको शुल्कमा केही थप गरेर आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) बिद्यालयले लिन पाउने अधिकतम शुल्क तोकेको हो ।
कामपाका शिक्षा अधिकारी निर्मला केसीका अनुसार बिद्यालय सञ्चालनको अवस्था र व्यवस्थालाई आधार बनाएर तोकिएका सूचकका आधारमा बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समितिले निजी बिद्यालयलाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ बर्गमा बर्गीकरण गरेको छ । यसरी बर्गीकरणमा परेका बिद्यालयले आफ्नो बर्गअनुसारको अधिकतम् शुल्क लिन पाउनेछन् ।
समितिले शैक्षिक सत्र २०७६ को आधारभूत तह कक्षा १ देखि ५ सम्म ‘घ’ बर्गमा पर्ने बिद्यालयको अधिकतम शुल्क १,६३० कायम गरेको छ । गएको २ बर्षअघि यस बर्गका बिद्यालयको शुल्क १,१८१ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका बिद्यालयको २,०२४, रुपैयाँ ‘ख’ बर्गका बिद्यालयको २,४१८ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको २,८१२ रुपैयाँ तोकिएको छ । यस अघि ती बर्गका बिद्यालयका लागि अधिकतम शुल्क क्रमशː १,५७५ स १,९६९ र २,३६३ रुपैयाँ थियो ।
आधारभूत तहकै कक्षा ६ देखि ८ सम्म ‘घ’ बर्गका बिद्यालयको अधिकतम् शुल्क १,९०१ रुपैयाँ, ‘ग’ बर्गका बिद्यालयको २,३५१ रुपैयाँ, ‘ख’ बर्गका बिद्यालयको २,८०१ रुपैयाँ र ‘क’ बर्गका बिद्यालयको ३,२५१ रुपैयाँ कायम गरिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः १,३५०स १,८००स २,२५० र २७०० रुपैयाँ कायम थियो ।
माध्यमिक तहतर्फ कक्षा ९ र १० मा ‘घ’ बर्गमा पर्ने बिद्यालयले २,५३७ रुपैयाँ अधितम् शुल्क लिन पाउनेछन् । यस अघि त्यस बर्गका लागि अधिकत् शुल्क १,८३८ रुपैयाँ थियो । त्यस्तै ‘ग’ बर्गका लागि ३,१४९ रुपैयाँ, ‘ख’ बर्गका लागि ३,७६२ रुपैयाँ र क बर्गका लागि ४,३७३ रुपैयाँ अधिकतम् शुल्क तोकिएको छ । यस अघि ती बर्गका बिद्यालयको अधिकतम् शुल्क क्रमशः २,४५०स ३,०६३ र ३,६७५ रुपैयाँ थियो ।
बिद्यालयको बर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचकहरु तोकिएका छन् । तीमध्ये बिद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेल मैदानजस्ता भौतिक पूर्वाधारस पुस्तकालय, शौचालय, खेलका सामाग्री जस्ता सुबिधास बिद्यार्थी संख्या, शिक्षक, छात्रवृत्ति, बिद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धी महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी संख्यालगायत छन् ।
यी सूचकका आधारमा ‘बिद्यालय बर्गीकरण तथा शुल्क अनुगमन समिति’ ले बिद्यालय बर्गीकरण गर्छ । महानगर शिक्षा नियमावलीअनुसार समितिमा शिक्षा अधिकारीको संयोजकत्वमा बिषयगत प्रतिनिधित्व रहने व्यवस्था छ । यस समितिको फागुन २६ गते बसेको बैठकले चालु शैक्षिक सत्रको शुल्क निर्धारण गरेको हो । अतिरिक्त शुल्क बिद्यालयहरुले मासिक शुल्कका रुपमा तोकिएको २ महिनाको शुल्क बराबर बार्षिक शुल्क लिन पाउनेछन् । यो शुल्कमा खेलकुद, अतिरिक्त क्रियाकलाप, प्रयोगशाला, बिद्यालय भवन मर्मत, पुस्तकालय र प्राथमिक उपचार पर्छ । त्यस्तै धरौटीका रुपमा मासिक शुल्कमा तोकिएको १ महिना बराबरको रकम लिन पाइने व्यवस्था छ ।
बिद्यालयहरुले परीक्षा शुल्कवापत् मासिक शुल्कको पचास प्रतिशतमा नबढाई लिन सक्नेछन् । यसबाहेक अभिभावकहरुसँग बैठक बसेर उनीहरुको सहमतिमा बिशेष प्रशिक्षण सञ्चालन र शुल्क तोक्न सक्नेछन् । शैक्षिक सामाग्रीवापत् बिद्यालयले मासिक शुल्कको १० प्रतिशतमा नबढ्ने गरी बर्षको एक पटक लिन पाउने पनि कामपाले जानकारी दिएको छ ।