आज कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
यस्तै, आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागको पूर्वानुमान छ । ती क्षेत्रमा मेघगर्जन र चट्याङको पनि सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढीपहिरोको क्षतिबाट बच्न विभागले अनुरोध गरेको छ ।
रासस