११ महिनामा वाणिज्य बैंकहरुले कमाए ५६ अर्बभन्दा धेरै नाफा
काठमाडौं । वाणिज्य बैंकले ११ महिनामा ५६ अर्बभन्दा धेरै खुद नाफा कमाएका छन् । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा २० वाणिज्य बैंकले ५६ अर्ब ४५ करोड ५ लाख रुपैयाँ नाफा कमाएका हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार यस अवधिमा सबैभन्दा बढी कमाउनेमा नबिल बैंक रहेको छ । जेठ मसान्तसम्ममा नबिलले ६ अर्ब ३३ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।
धेरै नाफा कमाउने दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । यस बैंकले ११ महिनामा ५ अर्ब ९ करोड रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ । त्यस्तै, तेस्रो स्थानमा नेपाल इन्भेष्टमेन्ट मेगाले ४ अर्ब ३८ करोड रुपैयाँ बढी नाफा कमाएको छ ।
साथै, प्राइम कमर्सियल बैंक, एभरेष्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक, कृषि विकास बैंक र स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब रुपैयाँ भन्दा बढी नाफा कमाएका छन् । नेपाल बैंकको नाफा भने सबैभन्दा थोरै १ अर्ब ७ करोड रुपैयाँ रहेको छ ।