कामना सेवा विकास बैंकद्वारा ९.५० प्रतिशत लाभांश प्रस्ताव | लाभांश प्रस्तावको सूचना ढिलो दिएको भन्दै नेप्सेको कारबाही
काठमाडौं । कामना सेवा विकास बैंकले गत वर्षको सञ्चित मुनाफाबाट शेयरधनीका लागि ९.५० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले १.५० प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
उक्त निर्णय नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात आगामी साधारण सभाले पारित गरेपछि कार्यान्वयनमा आउनेछ । कम्पनीले हाल कायम चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५५ हजारको आधारमा उक्त लाभांश प्रस्ताव गरेको जानकारी दिएको छ ।
कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ८२ लाख ३३ हजार खुद नाफा गरेको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले बैंकको धितोपत्र सूचीकरण स्थगित गरेको छ । लाभांश प्रस्तावको सूचना ढीलो गरि नेप्सेलाई जानकारी गराए पछि बैंकको सूचीकरण स्थगित भएको हो ।
बैंकको चैत २४ गते बसेको संचालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको भएपनि २ दिन पछि अर्थात २६ गते मात्रै नेप्सेमा जानकारी गराएको थियो । बैंकले ढिलो गरि नेप्सेलाई सूचना दिएपछि सूचीकरण स्थगित गरी २४ घण्टे स्पष्टिकरण माग गरिएको नेप्सेले जनाएको छ ।