मणिपाल अस्पतालले थप्यो ७२ शय्याको सीसीयू, गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले गरे उद्घाटन
काठमाडौं । मणिपाल शिक्षण अस्पातलले ७२ शय्याको अत्याधुनिक क्रिटिकल केयर युनिट (सीसीयू) थपेको छ । शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उक्त अत्याधुनिक सघन उपचार कक्षको उद्घाटन गरेको हो ।
सीसीयूमा बिरामीहरूको सुरक्षार्थ केद्रिकृत नियन्त्रण प्रणालीमा आधारित हुनुका साथै २ वटा कक्ष कुनै नकरात्मक असर नगर्ने आईसोलेन र ३ वटा सघन उपचार कक्ष क्याबिन रहेको अस्पतालले जनाएको छ । यसले उत्कृष्ट उपचार सेवाका लागि कोही गम्भीर बिरामी अब काठमाण्डौं जानुपर्ने स्थिति नरहने अस्पतालले जनाएको छ ।
यस नवनिर्मित सघन उपचार कक्षमा रहेका प्रत्येक शय्यामा मोनिटर, भेन्टिलेटर, ईसीजी मेसिन, युएसजी तथा इको प्रणालीहरु जडित छन्, जस्ले गर्दा बिरामीहरुलाई धेरै सहज हुने बताइएको छ । यस सघन उपचार कक्षमा २४ सै घण्टा क्रिटिकल केयर सम्बन्धि डाक्टरको सेवा उपलब्ध हुने तथा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नर्स र बिरामीको अनुमात मिलाएर नर्सिङ सेवाको व्यवस्था मिलाइने बताइएको छ । अस्पतालले भनेको छ, ‘उक्त कक्षमा कार्यरत सम्पूर्ण नर्सहरु पनि क्रिटिकल केयर प्रशिक्षित हुनेछन् । यसका अतिरिक्त यस अत्याधुनिक सघन उपचार कक्षमा संक्रमण नियन्त्रक नर्स डाइटिसियन र फिजियोथेरापिस्टको पनि उपस्थिति रहने छ ।’
नयाँ सीसीयू थपेसागै अब मणिपालमा १६६ शैय्याको सीसीयू कक्ष पुगेको र यो गण्डकीकै धेरै भएको दाबी अस्पतालले गरेको छ ।
यो सीसीयू नेपालमै पहिलो अत्याधुनिक तथा बहुआयमिक लेबल ३ को भएको अस्पतालको भनाइ छ ।