अण्डाको मूल्य क्रेटमा १४ रुपैयाँ बढ्यो
![egg egg](https://www.arthikpati.com/wp-content/uploads/2024/07/egg-1024x585.jpg)
काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको मूल्य बढाएको छ ।
संघले शनिबारदेखि लागू हुनेगरी एक्सएल अण्डामा प्रति क्यारेट १४ रुपैयाँ, ठूलो अण्डा प्रतिक्यारेट १३ रुपैयाँ र मिडियम अण्डाको प्रतिक्यारे १२ रुपैयाँ बढाएको हो ।
मूल्य बढेसँगै एक्सएल अण्डा, ठूलो अण्डा र मिडियम अण्डाको मूल्य प्रतिक्यारेट क्रमश: ५३० रुपैयाँ, ५१० रुपैयाँ र ४९० रुपैयाँ पुगेको छ ।