पाँच सय ८४ वटा म्यानपावर कम्पनीको कारोबार रोक्का, श्रमिक विदेश पठाउन नपाउने
काठमाडौँ । वैदेशिक रोजगार विभागले ५८४ वटा वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) कम्पनीको कारोबार रोक्का गरेको छ । विभागले एक सूचना प्रकाशित गर्दै पाँच सय ८४ म्यानपावर कम्पनीको कारोबार रोक्का गरिएको जानकारी दिएको हो ।
रोक्का गरिएका कम्पनीले रोक्का फुकुवा नभएसम्म श्रमिक विदेश पठाउन नपाउने विभागले जनाएको छ ।
कारोबार रोक्का गरिएका यी म्यानपावर कम्पनीले युुवालाई झुटा आश्वासन देखाएर विदेश पठाउने गरेको सूचना आएकाले सचेतनाका लागि यो सूचना जारी गरेको विभागका निर्देशक एवं प्रवक्ता गुुरुदत्त सुुवेदीले जानकारी दिए ।
उनले भने, “कारोबार रोक्का गरिएका कम्पनीबाट युुवा ठगिन नपरोस् भनेर नै यो सूचनामार्फत सचेत गराएका हौँ ।”