ओपो एफ११ प्रोमा पानारोमिक स्क्रिनको प्रयोग | प्रयोगकर्तालाई अदृतिय अनुभव प्रदान गर्ने उद्देश्य
काठमाडौं । ओपोको लोकप्रिय एफ सिरिज अन्तर्गत सार्वजनिकको तयारीमा रहेको नयाँ स्मार्टफोन ओपो एफ११ प्रोमा प्रभावकारी स्क्रिन टू बडी रेसियो सहितको आकर्षक फुल स्क्रिन उपलब्ध हुनेछ । एफ सिरिज अन्तर्गतका उत्कृष्ट सेल्फी फञ्सनका साथै नयाँ फोनमा एफ नाइनको स्लिक ग्राडियण्ट डिजाइनका र विभिन्न नवप्रबर्तनात्मक प्रविधिहरुपनि उपलब्ध गरिनेछ ।
सार्वजनिक हुने तयारीमा रहेको एफ११ प्रोमा ४८ एमपी अल्ट्रा–क्लियर क्यामेरा प्रणाली र राइजिङ क्यामेरा जडान गरिएका छन् । यसले उपभोक्तालाई थप आरामदायी र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्नेछ ।
पानारोमिक स्क्रिन र सबलाइम प्राकृतिक सौन्दर्यका लागि ग्राडियण्ट डिजाइन
फोनलाई नोच रहित बनाउन तथा आकर्षक फुल स्क्रिनका लागि यसमा शानदार पानारोमिक स्क्रिन डिजाइनको प्रयोग गरिएको छ । परम्परागत मोबाइलसंग तुलनात्मकरुपमा यस फोनमा रहेको ६.५३ ईञ्च डिस्प्ले स्क्रिन र ९०.९ प्रतिशतको स्क्रिन टू बडी रेसियोले ठूलो आकारमा तस्विर र दृष्य पस्किने छ । यसले मोबाइल गेमर्स तथा मूभी लभर्सलाई अदृतिय दृष्यानुभव र उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्छ ।
विश्वभरका यूवा माझ लोकप्रिय, सेल्फी एक्स्पर्ट तथा लिडर ओपो, आफ्ना उपभोक्तालाई उत्कृष्ट तस्विर मार्फत आफ्नो तथा आफ्ना वरपरका जगत्प्रतिको आफ्नो दृष्टिकोण प्रस्तुत÷सेयर गर्न नवप्रबर्तन उपलब्ध गराउन सदैव प्रतिबद्ध छ । ओपोले पहिलो पटक स्मार्टफोन फोटोग्राफी मै सर्वाधिक लोकप्रिय फञ्सनका रुपमा लिइएको सेल्फी फञ्सनलाई आफ्नो फोन मार्फत उपलब्ध गराएको थियो ।
समयसंगै ओपोले यसमा निरन्तर परिस्कृतिकरण गर्दै क्रान्तिकारी सेल्फी प्रविधि तथा फ्रण्ट क्यामेरामा नवप्रबर्तन उपलब्ध गराउँदै गयो । सेल्फी कलालाई दृष्टिगत गर्दै पस्किएका यी नवप्रबर्तनले ओपोलाई छोटो समयमा नै सेल्फी एक्स्पर्टका रुपमा स्थापित गर्यो भने वैश्विक रुपमै एक सर्वाधिक लोकप्रिय तथा रुचाइएको ब्राण्डको पहिचान पनि दिलायो । फोनको उत्कृष्ट सेल्फी फोटोग्राफी उपभोक्ता माझ लोकप्रिय हुनुका साथै यसैले ओपोको स्थान बजारमा दरिलो बनाउँदै वास्तविक सेल्फी एक्स्पर्टका रुपमा पनि उभ्यायो ।
निरन्तर नवप्रबर्तनतिर अग्रसर हुँदैे कम्पनीले पहिलो पटक उत्कृष्ट डेप्थ अफ फिल्ड ईफेक्ट दिने डुअल रियर क्यामेरा एफनाइनको साथमा उपलब्ध गरायो । एफनाइनको उत्कृष्ट डुअल रियर क्यामेरा र पोट्रेट प्रविधिमा थप सुदृद्धिकरण तथा परिस्कृतिकरण उपलब्ध गराउँदै ओपोको एफ११ सिरिजले एफ सिरिजलाई थप नयाँ उचाई र लोकप्रियता प्रदान गर्दै आफ्नो परिचय सेल्फी एक्स्पर्टबाट ब्रिलियण्ट पोट्रेटका रुपमा स्थापित गर्न कम्पनी अग्रसर देखिएको छ ।
मोबाइल फोन भनेको सञ्चार उपकरण मात्र नभइ कलाको एक प्रखर नमुना पनि हो भन्ने ओपोको सदैव विश्वास रहँदै आएको छ । फोनको आकर्षक ग्राडियण्ट लुक्स र उत्कृष्ट पानारोमिक स्क्रिनमा पनि यही विश्वासलाई निरन्तर्ता दिइएको छ । साथै, फोनको डिजाइनमा कम्पनीले ‘नेचुरल क्रिएसन’मा आधारित डिजाइन सिद्धान्तको अवलम्बन गरेको छ । यी फिचर्सका साथै, ओपो एफ११ सिरिज मार्फत कम्पनीले स्मार्टफोन संग सम्बन्धित अत्यधिक तात्ने, ल्याग हुने, ब्याट्री लगायत समस्याको सामाधान उपलब्ध गराउँदै समग्र प्रयोगकर्ता अनुभवमा उत्कृष्टता दिने प्रयास गरेको छ ।