३९ औं ऐतिहासिक श्री जगन्नाथ रथयात्रा महामहोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंमा जगन्नाथ रथयात्रा महामहोत्सव गरिएको छ । अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (स्कोन)को आयोजनामा रथयात्रा गरिएको हो । कमलादीबाट शुरु भएको रथयात्रा शहर परिक्रमापछि टुँडिखेलमा पुगेर समापन भएको थियो ।
बिहान १०:४० बजे बाट शुरु भएको यस कार्यक्रममा नगरबासीहरुको उपस्थितिमा भगवान नामको किर्तन, भगवानको दिव्य लिला बर्णित ग्रन्थको बितरण तथा दिव्य भगवानको प्रसाद वितरण गरिएको थियो । रथयात्रा मार्गमा नगरबासिहरुले आ-आफ्नो घर, स्थानबाट भगवानको स्वागत तथा पुजा अर्चना गरि आफ्नो मौलिक संस्कारलाई निरन्तरता दिइएको थियो ।यसरी हजारौँ भक्तहरुको उपस्थितिमा वर्षाको झरीमा पनि आनन्दका साथ प्रसादम वितरण गरि टुडिखेलमा रथयात्र समापन गरिएको थियो ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) आध्यात्मीक संस्थाको रुपमा भक्तिवेद्धान्त स्वामी प्रभुपादले सन् १९६६ मा अमेरिकामा स्थापना गर्नुभएको अन्तराष्ट्रियस संस्था हो । यस संस्थाको मुख्य उद्धेश्य भनेको मानिसले भौतिक जगतको सामिप्यताले बिर्सेको श्रीकृष्णसँगको वास्तविक सम्बन्धको चेतना महशुस गराउनु हो । संसारभरिका १२०० ठुला तथा हजारौंको संख्यामा साना सेन्टरहरु मार्फत लाखौ भक्तहरु इस्कोनमा आवद्ध भई आफ्नो आध्यात्मीक चेतनाको विकास गरी कृष्णभावनाको प्रचार गरिरहेका छन् ।