बीमा कम्पनीहरुमा रोजगारीको अवसर |
काठमाडौ. । तीन बीमा कम्पनीहरुले कर्मचारी मागेका छन् । महालक्ष्मी लाईफ इन्स्योरेन्स, जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले कर्मचारी माग गरेका हुन् ।
महालक्ष्मी लाईफ इन्स्योरेन्सले मार्केटिङका लागि १६ जना कर्मचारीको माग गरेको छ । उपत्यकाभित्रका लागि १० जना, र उपत्यका बाहिरका लागि बाँकी उल्लेखित कर्मचारीको माग गरेको हो । क्षमतावान, दक्ष र योग्यता भएकाले आवेदन दिन सक्नेछन् ।
उता जनरल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट म्यानेजर पदका लागि केही, सिनियर अफिसर, अफिसर, जुनियर अफिसर पदका लागि १५ जना र सुपरभाइजर, सिनियर असिस्टेन्ट, असिस्टेन्ट पदका लागि १८ जना कर्मचारी माग गरेको हो । इच्छुक तथा योगयता पुगेका उम्मेदवारले अप्रिल २२ सम्म आवेदन दिईसक्नुपर्नेछ ।
यसैगरि युनाइटेड इन्स्योरेन्स कम्पनीले पनि विभिन्न पदका कर्मचारी माग गरेको छ । डेपुटी सीईओका लागि १ जना, डेपुटी जनरल म्यानेजर १ जना र असिस्टेन्ट जनरल म्यानेजरका ३ जना आवश्यकता रहेको जनाएको छ ।
यस्तै कम्पनीले चिफ म्यानेजर, सिनियर म्यानेजर, म्यानेजर, डेपुटी म्यानेजर, असिस्टेन्ट म्यानेजर, अफिसर र जुनियर अफिसर पदका लागि केही कर्मचारी माग गरेको छ । कम्पनीले प्रधान कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । इच्छुक तथा योग्यता पुगेका उम्मेदवारले बैशाख ४ गतेसम्म आवेदन दिन सक्नेछन् ।