औपचारिक रुपमा रिद्धि सिद्धि सिमेन्ट बजारमा, दैनिक ३ सय टन उत्पादन |
काठमाडौं । शंकर ग्रुप तथा अम्बे ग्रुपको संयुक्त सहकार्यमा उत्पादित रिद्धि सिद्धि सिमेन्टको औपचारिक अनावरण गरिएको छ । आइतबार काठमाडौँस्थित होटेल अन्नपूर्णमा आयोजित समारोहमा दुई समूहका अध्यक्ष शंकर लाल अग्रवाल तथा शोभाकर (हरि) न्यौपानको उपस्थितिमा अतिथि तथा सञ्चारकर्मीहरु समक्ष रिद्धि सिद्धि सिमेन्टको औपचारीक अनावरण गरीयो ।
कार्यक्रममा बोल्दै रिद्धि सिद्धिसिमेन्टका निर्देशक आनन्द नेपालले सिमेन्टको उत्पादन तथा प्लान्टमा प्रयोग गरिएका प्रविधिहरुका बारे बताए । उनले संसारकै सर्वोत्कृष्ट युरोपेली प्रविधि युक्तप्रक्रियाद्वारा उत्पादित उक्त सिमेन्टको गुणस्तररीय एकरुपतामा जोड दिए ।
‘देशमा सर्वोत्कृष्ट प्रविधियुक्त उत्पादन प्लान्टमार्फत उच्च स्तरको सिमेन्ट उत्पादन गर्दै नेपाली बजारमा सिमेन्ट गुणस्तरको नयाँ मापदण्ड खडा गर्ने लक्ष्य हामीले बोकेका छौँ ।’ नेपालले भने ।
‘रिद्धि सिद्धि सिमेन्टले सर्वश्रेष्ठ उत्पादन सुनिश्चित गर्न सर्वोत्कृष्ट युरोपेली प्रविधि प्रयोगमा ल्याएको छ । साथै प्लान्टमा प्रयोग गरिएको भर्टिकल रोलर मिल (भीआरएम), सेन्ट्रल कन्ट्रोल रुम टेक्नोलोजी तथा नेपालमा पहिलो पटक प्रयोग गरिएको रोबो ल्याब सिस्टम र लेजर सिल प्याकेजिङ लगायतका विभिन्न प्रविधिहरुका बारेमा विस्तृत जानकारीदिदै उक्त प्रविधिको प्रयोगले गुणस्तरमा एकरुपता कायण रहने जानकारी दिए ।
यसैगरी, अम्बे ग्रुपका अध्यक्ष शोभाकर (हरि) न्यौपानेले कार्यक्रममा उपस्थित महानुभावहरुलाई स्वागत गर्नुको साथै यी दुई प्रतिष्ठित समूह बीचको सम्बन्ध र सहकार्यका बारेमा बताएका थिए ।
देशमा सर्वोत्कृष्ट अत्याधुनिक प्रविधियुक्त सिमेन्ट प्लान्टको स्थापना गर्ने उद्देश्य बोकेको रिद्धि सिद्धि सिमेन्ट प्रालिको स्थापना २०७३ सालको फागुन महिनामा भएको हो । कम्पनीले हेटौँडा र चितवनस्थित आफ्नै चुनढुङ्गा खानीबाट दैनिक ३००० टन सिमेन्ट उत्पादन क्षमता पुर्याउने लक्ष्य राखेको छ ।