आँधीपीडितको सहयोगका लागि एनआरएनए क्यानडाद्वारा ५ लाखको कोष खडा |

गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानडाले बारा र पर्साका आँधीहुरी प्रभावितलाई सहयोगका लागि रु. ५ लाखको कोष खडा गरेको छ ।
आइतबार बारा र पर्साका विभिन्न स्थानमा २७ जनाको ज्यान जानेगरी तथा दर्जनौं घाइते हुनेगरी आँधीहुरीले क्षति पुर्याएपछि एनआरएनए क्यानडाले पीडितको राहतका लागि सहयोग कोष स्थापना गरेको हो ।
एनआरएन क्यानडाका महासचिव चिरन घिमिरेले आँधीहुरी प्रभावितका लागि न्यूनतम पाँच लाखको कोष खडा गरिएको जानकारी दिए ।
कोष खडा गरेको एनआरएन क्यानडाले सहयोगका लागि त्यहाँ रहेका सबै नेपालीलाई आग्रह गरेको छ ।
एनआरएन आईसीसी सदस्य अभिमन्यू बस्नेतलाई क्यानडामा रहेका संघसंस्थासँग समन्वय गरेर १५ दिनभित्र सहयोग रकम वृद्धि गर्न जिम्मेवारी तोकिएको एनआरएन क्यानडाका प्रवक्ता रवीन्द्र घिमिरेले जानकारी दिए ।