भोलिदेखि मौसममा सुधार हुने, पश्चिम क्षेत्रबाट मौसम क्रमशː सुधार हुँदै जाने |
काठमाडौं । आज पनि देशभर बदली हुने मौसमविदले बताएका छन् । साथै पूर्वी, मध्य र पश्चिम क्षेत्रका केही भागमा हावाहुरी र मेघ गर्जनसहित वर्षा हुने अनुमान गरिएको छ ।
अहिले प्रि–मनसुन सिजन अलि बढी सक्रिय देखिएको छ । त्यसैले केही दिनयता बादल लाग्ने, वर्षा हुने र हावाहुरी चल्ने क्रम जारी छ । आज पनि यस्तो अवस्था देशभर नै रहने छ ।
तर, आइतबारदेखि पश्चिम क्षेत्रबाट मौसम क्रमशː सुधार हुँदै जाने मौसमविदको भनाई छ । भोलि पश्चिम क्षेत्रबाट केही सुधार हुने तर मध्य र पूर्वमा भने केही दिन लाग्न सक्ने बताइएको छ । काठमाडौंमा पनि भोलिबाट केही सुधार हुने देखिएको छ ।
यद्यपि मौसमी प्रणाली छिटोछिटो परिवर्तन हुने हुँदा पूर्वानुमान गर्न गाह्रो हुने मौसमविदहरु बताउँछन् ।
मौसमविदहरुका अनुसार नेपालमा सामान्यता मार्च, अप्रिल र मेसम्म प्रिमनसुन गतिविधि हुन्छ र जुन १० बाट मनसुन शुरु हुन्छ ।
मौसम विज्ञान विभागले पूर्वानुमान गरेको तीन दिनको मौसमी विवरण यस्तो छː