जाजरकोटको शिवालयमा सिभिल बैंकको नयाँ शाखा |
काठमाडौं । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले गरे ।
उक्त शाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउपालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी, गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य करबीर शाहीले अहिलेपनि नेपालको कूल ४० प्रतिशत जनताले मात्र बैकिंग गर्ने र सो ४० प्रतशित भित्रको ४२ प्रतिशतले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थितिविना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए ।
ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा उनले बताए ।
स्थानीय तहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे ।
सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । नेपाल राष्ट्र बैंकले स्थानियस्तरमा बित्तीय पहुँच पुर्याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा संचालनमा ल्याई जिल्लावासीलाई सहयोग गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे ।
सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखी बचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादनमुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधिकेन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले बताए ।
सिभिल बैंकले हालसम्म करीब ३ लाख ग्राहकहरु रहेका छन् । शिवालय शाखासहित यस बैंकको कुल शाखा संख्या ७४ पुगेकोे बैंकले जानकारी दिएको छ ।