राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि आवासीय राजदूत नियुक्त |
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जेनेभास्थित संयुक्त राष्ट्र सङ्घका लागि नेपालको स्थायी प्रतिनिधि पदमा कार्यरत मणिप्रसाद भट्टराईलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भट्टराईको नियुक्ति भएको राष्ट्रपतिको कार्यालयले हिजो जानकारी दिएको छ ।