बाबुराम भट्टराईले दिए हावाहुरी प्रभावितलाई ५ लाख |
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालले बारा र पर्साका हावाहुरी प्रभावितलाई ५ लाख रुपैयाँ सहयोग गरेको छ ।
जनकपुर पुगेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बिहीबार प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जीतेन्द्र सोनलमार्फत ५ लाख रुपैयाँ सहयोग मुख्यमन्त्री राहत कोषमा जम्मा गरेका हुन् ।
भट्टराईले हावाहुरी प्रभावितलाई औपचारिक संयन्त्रबाटै व्यवस्थित रूपमा सहयोग गर्न पनि आग्रह गरेका छन् । हावाहुरीले बारा र पर्सामा गरी २८ जनाको मृत्यु भएको थियो ।