एक पटक घुम्नै पर्ने ऐतिहासिक महत्व बोकेको बिराट पोखरी
झापा । महाभारतमा विराट राजाले आफ्ना गाईलाई पानी खुवाउन खनिएका पाँचवटा पोखरी विराट पोखरीका नामले परिचित छन् । ती सबै पोखरी बिर्तामोड नगरपािलका भित्र पर्दछन् । बिर्तामोडको सैनिकमोड दक्षिणमा रहेको मुख्य पोखरीको तीन किलोमिटर भित्र अन्य पोखरी पर्दछन् । पोखरीको संरक्षण र पूर्वाधार बिकास गर्न सके पर्यटकीय क्षेत्रको रुपमा बिकास हुने पोखरी संरक्षणका सक्रिय बिराट आमुदायिक अध्ययन केन्दका अध्यष मोहन सिवाकोटीले बताए । उनले भने, नगरपालिकाले संरक्षक संस्थाको साझेदारीमा पोखरी संरक्षण र बिकासको गुरु योजना बनाउनु पर्दछ ।
महाभारतकालिन इतिहासमा बिराट राजाको दरवार बिराटनगर क्षेत्रमा भएको मानिन्छ । बिराटकालमा भद्रपुरको पृथ्वीनगर बिराट राजाको दरवार र शैनिक पोष्ट फेला परिसकेको छ भने अर्जुनधारा लगायतका ऐतिहासिक स्थालमा बिराट राजाको शासन भएको पाइन्छ । बिराट राजाकै शासनकालमा पाँच पाण्डपले गुप्तवास बसेको किम्वदन्ती पाईन्छ ।
इतिहास र पुरातत्व महत्व बोकेको बिराट पोखरीको संरक्षणमा प्रदेश र स्थानीय सरकारले चासोदिनु पर्ने हुन्छ । पोखरीको संरक्षण हुन सके जैविक महत्व पनि रहने देखिन्छ । पोखरीमा सिजन अनुसारका बिभिन्न जातका चराचुरुङ्गी आउने गरेका छन् । तर मानिस बढ्दो अतिक्रमण र बोटबिरुवाको कमीले चराचुरुङ्गी लामोसमय वास बस्न सकेका छैनन् ।
पोखरी संरक्षणका २०५९ सालबाट सुरु गरिएको हो । विराट पोखरको संरक्षणका लागि विराट अध्ययन सामुदायिक केन्द्र र विराट सरोवर संरक्षसण समिति सक्रिय छन् । पर्याप्त बजेट नहुँदा पोखरीको संरक्षण भन्दा धेरै काम गर्न सकेका छैनन् ।