सामसङले ल्यायो पर्फेक्टली साउन्ड अफर, ग्यालेक्सी एस२४ को साथ पाउनुहोस् रु ५००० मा ग्यालेक्सी बड्स एफई
काठमाडौं । स्मार्टफोन प्रविधिको क्षेत्रमा विश्वव्यापी रूपमा अग्रणी रहेको ब्रान्ड सामसङले आफ्नो ग्राहकहरूको अडियो अनुभवलाई सन्तोषजनक पार्ने वाचा गरेको छ।
अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई एक छुटाउनै नहुने अफरको साथमा आएको छ। ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा मात्र रु ५००० थप गरी ग्राहकहरूले रु १५००० मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्ने छन्।
ग्राहकहरूले यो छुटाउनै नहुने आफ्नो टेक अपग्रेड गर्ने, सिमलेस कनेक्टिभिटी, टप टियर पर्फमेन्स र क्रिस्टल क्लियर साउन्ड पाउने मौका सबै यो आकर्षक छुट मूल्य अफर लागु रहुन्जेल फाइदा उठाउन सक्छन्।
यो अफर सामसङद्वारा प्रदान गराइएको इनस्टा फाइनान्स सेवाबाट ०% ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिन्छ। मात्र आफ्नो नागरिकताको साथ ग्राहकहरुले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने रु ५००० पनि स्मार्टफोनसंग ०% ब्याज रहेको इन्स्टा फाइनान्सको ईएमआईमा समग्र हुने गर यो बन्डल खरिद गर्न सक्छन्। यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल मान्य छ।