सुनको मुल्य घट्दो क्रममा, अेमेरिकी डलरको मजवुति र मुल्य बृद्धिदरमा आएको नियन्त्रण मुख्य कारण
काठमाडौँ । यो साता बिश्व बजारमा सुनको मुल्य घट्दो क्रममा रहेको छ ।
अमेरिकी डलरको बिनिमय दरमा देखिएको मजवुति र अमेरिकी रिजर्भ बैंक फेडले सार्वजनिक गर्न लागेको अमेरिकी बजारको मुल्यवृद्धि दरमा देखिएको नियन्त्रण लगायतका कारणले सुनको मुल्य घटाउन सहयोग पुगेको बिश्लेषकहरुले बताएका छन्। साताको पहिले तीन दिन स्थिर रहेको मुल्य चौथो दिन सामान्य बढेर पाँचौं दिन स्थिर रही छैटौं दिन ओरालो लागेको हो ।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य घट्न थालेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख २० हजार ८ सय ८५ रुपैयाँ रहेको मुल्य तेस्रो दिन मंगलबार सम्म स्थिर रह्यो । साताको चौथो दिन सामान्य बढेर प्रति १० ग्राम १ लाख २१ हजार ४ सय रुपैयाँ पुगेको मुल्य पाँचौं दिन बिहिबार स्थिर रह्यो । सो मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार घटेर प्रति १० ग्राम १ लाख २१ हजार ५५ रुपैयाँ कायम भएको छ ।
यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ६५ रहेको मुल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५ सय ४३ रुपैयाँ कायम भयो ।