कम्युनिटी होमस्टेद्धारा ‘कम्युनिटी कनेक्ट’ कार्यक्रम सम्पन्न, सामुदायिक पर्यटन तथा ‘इमर्सिभ एक्सपोजर ट्रिप्स’को उजागर
काठमाडौँ । कम्युनिटी होमस्टे नेटवर्क (सिएचएन)ले नेपाल पर्यटन बोर्ड, यूएसएड ‘ट्रेड एन्ड कम्पिीटिटिभनेस’ लगायत अष्ट्रेलिया सरकारको सहयोगमा इसिमोडद्धारा कार्यान्वयन गरिएको परियोजना ‘हाईग्रीड’ र विभिन्न स्थानीय सरकार तथा सामुदायिक साझेदार संघसंस्थाहरुको सहयोगमा ३० वटा विशिष्ठ व्यक्तित्वहरुलाई नेपालको अदितीय सामुदायिक पर्यटन उपजहरु तथा ‘इमर्सिभ एक्सपोजर ट्रिप्स’ यात्रा अनुभवहरु प्रदान गराउदैँ यही मे १६ देखि २६ तारिखसम्म ‘कम्युनिटी कनेक्ट’ नामक एउटा नवीन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
आमन्त्रित अन्तर्राष्ट्रिय व्यक्तित्वहरुमा पत्रकार तथा सञ्चारकर्मीहरु, फोटोग्राफर, दिगो तथा सामुदायिक पर्यटनका अभियान्ता, बिटुबी ट्राभल कम्पनी तथा गन्तव्य व्यवस्थापन कम्पनीका प्रतिनिधिहरु सहभागी थिए ।
स्थानीय समुदायहरुको सशक्तिकरण गर्ने, दिगो तथा जिम्मेवार पर्यटन अभ्यासहरुलाई बढावा दिने र प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुको संरक्षणमा सहयोग पुर्याउने उद्देश्यसहित आमन्त्रित सहभागीहरुलाई नेपालको विभिन्न क्षेत्रमा उपलब्ध चारवटा इमर्सिभ एक्सपोजर ट्रिप्सको आयोजना गरेर मे २६ का दिन काठमाडौँमा विशेष समापन कार्यक्रमसहित कम्युनिटी कनेक्ट सम्पन्न भएको छ ।
एक्सपोजर ट्रिप्सका लागि सहभागीहरुलाई विभिन्न चारवटा गन्तव्यहरुमा देहायबमोजिमका सामुदायिक पर्यटन अनुभवहरु प्रदान गर्ने गरी यात्रा कार्ययोजना बनाइएको थियो ।
यात्रा १ काठमाडौँ–‘वियोण्ड द अर्डिनरी’ ९ मे १८ देखि २४ सम्म
सहभागीहरूले काठमाडौं वरपरको समृद्ध संस्कृति, प्रकृति र अर्थपूर्ण सामुदायिक सम्बन्धहरू अनुभव गरे । पहिलो दिन उनीहरु हरियो जङ्गल, झरना र मनोरम दृश्यहरूले घेरिएको नगरकोट सामुदायिक होमस्टेमा बास बसे । त्यहाँ उनीहरूले स्थानीय प्रशिक्षक तथा अनुयायीहरुसँग हथयोगाको अभ्यास गरे र जल्पा देवी मन्दिरसम्म पैदल यात्रा गरे । नगरकोटबाट नालासम्मको पदयात्राले उनीहरूलाई नमोबुद्धसम्म पुर्यायो, जहाँ उनीहरूले यस क्षेत्रको आèयात्मिक र प्राकृतिक सौन्दर्यको आनन्द उठाए ।
पनौतीसम्म साइकल चढेर यात्रा जारी रह्यो, जहाँ एक स्थानीय गाइडले उनीहरूलाई सहरका पवित्र तीर्थस्थलहरूबारे परिचय गराए । पनौती सामुदायिक होमस्टेमा सहभागीहरूले स्थानीय पहिरनमा सजिएर आफ्ना पाहुनाहरूसँग परम्परागत नेवारी खाना पकाए । काठमाडौं फर्किएपछि उनीहरु रञ्जना लिपी सिक्न, परम्परागत नेवारी खाना र पेयपदार्थको मजा लिन र ऐतिहासिक सहरका गल्ली–गल्ली र सम्पदाहरू हेर्न कीर्तिपुरमा रोकिए । यस भ्रमणले नेपाली जीवन, सांस्कृतिक विसर्जन र स्थानीय समुदायहरूसँगको दिगो सम्बन्धको गहिरो बुझाइ प्रदान गर्यो । सहभागीहरूलाई माटोका भाँडा र रञ्जना लिपी जस्ता परम्परागत शिल्पहरू अनुभव गर्न आफ्नो घर खुला गरेकोमा ठिमी र कीर्तिपुरका स्थानीय समुदायका सदस्यहरूले आफ्ना घरहरू र समुदायहरूप्रति हामी कृतज्ञ छौं ।
यात्रा २ : ‘ट ट्रेसेस अफ तराई एन्ड इट्स थारु हेरिटेज’ (मे १६ देखि २४ सम्म)
सहभागीहरूले समुदायमा भिजेर पश्चिम नेपालको विशेष थारु संस्कृतिको अवलोकन गरे, जुन आफ्नो लाठी नृत्य र खानाका लागि प्रख्यात छ । तराईको ग्रामीण भादा सामुदायिक होमस्टेमा उनीहरुले बहेडा बाबा मन्दिर, घोडा घोडी तालको अवलोकन, स्थानीय जीवनशैलीको रमाइलो गर्दै बिस्तारै यात्रा गर्नुका साथै रंगीन थारु नृत्य प्रस्तुतिको आनन्द लिए। बर्दिया राष्ट्रिय निकुञ्जमा, उनीहरूले ओपन–टप जीप सफारी र स्थानीय गाइडहरूसँग चरा अवलोकनको माध्यमबाट समृद्ध वन्यजन्तुको अनुभव गर्दै स्थानीयहरू कसरी प्रकृतिसँग मिलेर बस्छन् भन्ने अनुभव बटुले ।
स्थानीय गाइड/वन संरक्षकले प्रकृतिसँगको आफ्नो विशेष सम्बन्ध रहेको र डल्ला सामुदायिक होमस्टेका थारुहरूसँग कसरी तिनीहरूको जीवन र जंगलको संरक्षण वर्षौंदेखि एक अर्कामा सहजीवन सरह गाँसिएको छ भन्नेकुरा थाहा पाए । त्यसैगरी शिव सामुदायिक वनका युवा अगुवाहरुले वनको हेरचाह र चोरी शिकार विरुद्ध लड्न सामुदायिक पर्यटन मार्फत शुरु गरेको कार्यका बारेमा सहभागीहरुलाई जानकारी गराए । सहभागीहरूले वन्यजन्तुसँग स्थानीय जीवन कसरी गाँसिएको छ भन्ने बुझ्दै जंगलमा हिँड्ने मौका पाए ।
बुद्धजयन्तीको शुभ दिनमा सहभागीहरूले बरौलीको यात्रा गर्नुअघि भगवान बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणसँगै नजिकैका स्मारक र स्तूपाहरूको अवलोकन गरेका थिए । चितवन राष्ट्रिय निकुञ्जको मèयवर्ती क्षेत्र र नारायणी नदीको छेउमा रहेको बरौली सामुदायिक होमस्टेमा उनीहरूले खोलाको छेउमा चिया र खाजासहित गाउँको अवलोकन र शान्त सूर्यास्त दृश्यावलोकनको आनन्द उठाए। यात्राको अवधिमा उनीहरूले विभिन्न क्षेत्रका थारु समुदायका छुट्टाछुट्टै तर समान परम्पराहरू अवलोकन गर्दै स्थानीयहरूसँग नजिकबाट बसेर उनीहरूको संस्कृति र जीवनशैलीको मौलिक एवं पृथक बुझाइ हासिल गरेका थिए ।
यात्रा ३ : अन्नपूर्ण कम्युनिटी ट्रेक (मे १६ देखि २४ सम्म)
सहभागीहरूले अन्नपूर्ण सामुदायिक पदयात्रामा अनौठो र रमाइलो यात्राको आनन्द लिन पाएका थिए र आश्चर्यजनक हिमाली क्षेत्रमा गाउँको जीवनको घनिष्ठ झलक प्राप्त गरेका थिए। मोहरे हिल ९३,३०० मिटरमा अन्नपूर्ण, धौलागिरी र माछापुच्छ्रे जस्ता चुचुराहरूको मनोरम दृश्यहरूले मन्त्र मुग्ध भए । यो पदयात्रा आफ्नो मौलिक एवं निर्मल प्रकृतिको काखमा अन्य पदयात्रीहरूसँगको दुर्लभ भेट तथा स्थानीय किसानहरू, चौरी गोठालाहरू र गाउँलेहरूसँग अनेकन अन्तरक्रियाहरूका लागि परिचित बन्यो । नारच्याङ सामुदायिक होमस्टेमा उनीहरुलाई पर्यटक भन्दा पनि पाहुनाको रूपमा न्यानो स्वागत गरिएको थियो । त्यहाँ पाहुनाहरूसँग मिलेर खाना पकाएर साँस्कृतिक आदानप्रदानलाई बढावा दिईएको थियो ।
नेपालको परम्परागत पर्यटन मोडेल अन्नपूर्ण सर्किट ट्रेलमा रहेको तातोपानी जस्ता लोकप्रिय गन्तव्यहरूमा केन्द्रित छ, र अन्य नजिकैका गन्तव्यहरूलाई वेवास्ता गर्दछ । स्थापित गन्तव्य नजिकै रहेका क्षेत्रहरुलाई वैकल्पिक गन्तव्यहरूको रुपमा विकास गरेमा यात्रुहरूलाई समृद्ध समुदाय–आधारित अनुभव प्रदान गर्दै केही अधिक भीडभाड भएका पर्यटन गन्तव्यहरूको वातावरणीय बोझ व्यवस्थापन गर्न सकिन्छ । स्थानीय समुदायको सहकार्यमा, सामुदायिक होमस्टे नेटवर्कले २०१९ मा नारच्याङलाई गन्तव्यको रूपमा प्रस्ताव गर्न थाल्यो । सामुदायिक पदयात्राले हिमालयको प्राकृतिक सौन्दर्य, भिरालो खेतबारी र लालीगुँरासले ढकमक्क वनहरुको सौन्दर्य प्रस्तुत गर्दै स्थानीय समूहहरूको समृद्ध संस्कृति र परम्पराहरूमा यात्रुहरूलाई आकर्षण गर्दै आएको छ ।
यात्रा ४ : ‘द रोड्स लेस टेकन’ (मे १७ देखि २४ सम्म)
सहभागीहरूले पूर्वी नेपालको मौलिक प्रकृति र अनुपम सांस्कृतिक अनुभवहरूको आनन्द लिए । धनकुटामा, उनीहरूले अचम्मको प्राकृतिक सौन्दर्यको प्रशंसा गरे, युवा समूह कोप्चे पुर्नजागरण अभियानको नेतृत्वमा नेवारी संस्कृतिलाई उजागर गर्दै पुरानो शहरको पैदल यात्राको आनन्द उठाए । धनकुटाको सिप्टिङमा रहेको पहिलो सामुदायिक होमस्टेमा आठपहरिया समुदायको संस्कृति र उनीहरुको न्यानो आतिथ्यता अनुभव गर्नुका साथै खम्बेलामा संस्कृति तथा खानपिनको अनुभव गरे । धनकुटाले जलवायु परिवर्तन र आर्थिक स्थिरताबाट गम्भीर चुनौतीहरूको सामना गरिरहेको छ, जसले कृषि र महिला र आदिवासी आठपहरिया जस्ता सीमान्तीकृत समूदायहरूको जीविकोपार्जनलाई पनि असर गर्दछ ।
धनकुटा नगरपालिका, छथर जोरपाटी गाउँपालिका, सामुदायिक होमस्टे नेटवर्क, स्मार्ट पानी र हुसाडेकको सहकार्यमा कार्यान्वयनमा आएको इसिमोडको हाईग्रिड परियोजनाले जिम्मेवार पर्यटन आत्मसाथ गर्दै पाइलट प्रोजेक्टमार्फत यी समस्याहरूलाई सम्बोधन गर्ने प्रयास गरिरहेको छ । यसको उद्देश्य सामुदायिक होमस्टे, फार्म स्टे, प्रयोगात्मक पर्यटन गतिविधि, जलस्रोत संरक्षण र तिनको प्रभावकारी उपयोग, दिगो खेती, सांस्कृतिक सम्पदा र फोहोर व्यवस्थापन लगायतका बहुविध गतिविधिहरूमार्फत जिम्मेवार पर्यटन विकासलाई प्रवर्द्धन गर्ने हो ।
बलियो सहकार्यात्मक मोडेलको साथ, परियोजनाले आर्थिक अवसरहरू सिर्जना गर्ने र आठपहरिया जस्ता महिला र सीमान्तकृत समुदायहरूको जीवनमा सुधार गर्ने लक्ष्य राखेको छ । यी प्रयासहरूलाई साक्षी दिँदै, सहभागीहरूले आठपहरिया समुदायको अद्वितीय संस्कृति र परम्पराको प्रशंसा गर्नुका साथै जलवायु–अनुकूल पानी स्मार्ट समाधानहरू र सावधानीपूर्वक क्युरेट गरिएका जिम्मेवार पर्यटन उत्पादनहरू र अनुभवहरूको स्थापनाको पनि प्रशंसा गरे।
जनकपुरमा उनीहरुले प्राचीन जानकी मन्दिरको भ्रमण गरी मिथिला कलाको बारेमा महिला सशक्तिकरण र मिथिला संस्कृति प्रवद्र्धन गर्ने स्थानीय पहलका रुपमा रहेको मिथिला नारी हस्तकलासँग अन्तरक्रिया गरेका थिए । पनौती सामुदायिक होमस्टेले घरबास, बाइक टुर र परम्परागत खाना पकाउने माèयमबाट महिला सशक्तिकरण र नेवारी संस्कृतिमा रमाइलो अनुभव प्रदान गरेको थियो । कीर्तिपुरको बसाईले सहभागीहरूलाई ऐतिहासिक खजानाहरू पत्ता लगाउन, रञ्जना लिपी लिपि सिक्न र परम्परागत नेवारी खानाको स्वाद प्रदान गरेको थियो ।
एक्सपोजर ट्रिप्स पश्चात नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा काठमाडौँको होटल संकरमा मे २६ मा आयोजित विशेष समापन कार्यक्रममा करिब दुईसय स्थानीय समुदाय तथा पर्यटन सरोकारवालाहरुले सहभागिता जनाएका थिए । कार्यक्रमले कम्युनिटी होमस्टे नेटवर्कको मूलभूत उद्देश्य तथा मूल्य मान्यताहरुमाथी प्रकाश पार्दै विश्वव्यापी रुपमा नेपालको सामुदायिक पर्यटन र उपजहरुसम्बन्धी प्रचार प्रसार तथा प्रवद्र्धन गर्न र पर्यटकहरुमाझ सामुदायिक पर्यटकीय उपजहरुलाई आकर्षक तथा प्राथमिक प्रोडक्टको रुपमा भ्रमण गर्न प्रेरित गर्न मद्दत पुर्याउने विश्वास लिइएको छ ।
एक्सपोजर यात्राहरुबाट सिर्जित मिडिया तथा सञ्चार सामाग्रीहरु नेपालका उदीयमान तथा सामुदायिक गन्तव्यहरुको मौलिक सांस्कृतिक पक्ष अदितीय आकर्षण र जीवन्त अनुभवहरुको प्रवद्र्धनका लागि कोसेढुङ्गा बनेको छ ।