सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा, यस्तो छ शर्माको अनुभव |
काठमाडौं । सडक विभागको महानिर्देशकमा केशवकुमार शर्मा नियुक्त भएका छन् । भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले केशवकुमार शर्मालाई सडक विभागको महानिर्देशकमा सिफारिस गरेको थियो । आइतबारको मन्त्रीस्तरीय निर्णयले उनलाई महानिर्देशकमा नियुक्त गरेको हो ।
शर्मा २०५२ सालमा सडक विभागमा इन्जिनियरको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए । २०६९ सालको अन्त्यतिर सहसचिवमा बढुवा भएका थिए ।
उनले आयोजना कार्यान्वयन निर्देशनालय (एडीबी), भौतिक पुर्वाधार मन्त्रालयको गुणस्तर तथा वैदेशिक महाशाखा प्रमुख भएर काम गरिसकेका छन्।् । त्यसअघि खुर्कोट मन्थली सडक आयोजना प्रमुख भएर काम गरेका थिए । साथै दर्जन सडक आयोजनाको प्रमुख भएर काम गरेको अनुभव शर्मासँग छ । शर्मा कार्यसम्पादन र निर्णय क्षमतामा अब्बल मानिन्छन् ।