नेशनल लाइफको लाभांश पारित, चुक्तापूँजी ३ अर्बभन्दा बढि पुग्ने |
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको चुक्तापूँजी ३ अर्ब ७४ लाख ४० हजार रुपैयाँ पुग्ने भएको छ । कम्पनीले शुक्रबार प्रस्तावित १३.५ प्रतिशत बोनसको प्रस्ताव पारित गरेको छ ।
हाल २ अर्ब ६४ करोड ९७ लाख २७ हजार रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीको बोनस पश्चात ३ अर्ब रूपैयाँ भन्दा बढी पूँजी पुग्ने भएको हो । हाल १९ जीवन बीमा कम्पनी सञ्चालनमा रहे पनि पुराना ९ जीवन बीमा कम्पनीले रू. २ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने बीमा समितिको निर्देशन छ ।
नयाँ जीवन बीमा कम्पनीहरुले पनि साधारण शेयर जारी गरी तोके बमोजिम पूँजी पुर्याउने शर्तमा कारोबार सञ्चालनको स्वीकृति पाएका हुन । धेरै जसो जीवन बीमा कम्पनीको तोके बमोजिम पूँजी नपुगिरहेको अवस्थामा नेशनल लाइफले भने तोेके भन्दा बढी पूँजी पुर्याएको छ ।
कम्पनीले शुक्रबार ३० औं वार्षिक साधारण सभा सम्पन्न गरी १३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि रू. १ करोड ८८ लाख २७ हजार १० नगद लाभांश वितरण गर्ने प्रस्ताब पारित गरेको हो । यो सभाले कम्पनीको आर्थिक वर्ष २०७३÷७४ अर्थात अघिल्लो आर्थिक वर्षको वार्षिक लेखा परिक्षण प्रतिवेदनलाई पारित गरेको छ ।