हायर पर्चेज कर्जाको जोखिम भार घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।
शुक्रबार चालु आर्थिक वर्ष २०८०–८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको छ ।