कर्जा प्रवाह बढाउने गरी आयो मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा (पूर्ण पाठ)
काठमाडौं । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले कर्जा प्रवाह बढाउने नीति लिएको छ । समीक्षामार्फत केन्द्रीय बैंकले घरजग्गा खरिद गर्नेले आम्दानीको ७० प्रतिशतसम्म रकम बैंकको साँवा तथा ब्याज अर्थात् किस्ता भुक्तानीका लागि प्रयोग गर्न सक्नेजनाएको छ । यसअघि आम्दानीको ५० प्रतिशतसम्म मात्रै त्यसरी भुक्तानी गर्न पाइने व्यवस्था थियो ।
त्यस्तै, केन्द्रीय बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ । हायर पर्चेजअन्तर्गत सवारी साधन कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम गर्ने उल्लेख गरेको छ । यसअघि हायर पर्चेज कर्जाको जोखिम भार १२५ प्रतिशत थियो ।
साथै, बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भइसकेका लगानी मध्येबाट १ आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म लगानी बिक्री गर्न पाउने भएका छन् । यसले पनि कर्जा प्रवाहमा सहयोग पुग्नेछ ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुबाट कर्जा प्रवाह हुन सकेको छैन । फलस्वरुपः बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अपस्था छ । अधिक तरलताको अवस्थामा केन्द्रीय बैंकले कर्जा प्रवाह बढाउने नीति लिएको हो ।
[pdf id=’88011′]