मर्जपछि नेरुडे मिर्मिरे लघुवित्तको सेयर नेप्सेमा सूचीकृत, ओपनिङ्ग प्राइस कति ?
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्तको १ करोड ३९ लाख ७७ हजार ६४३ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको छ । साविकको नेरुडे र मिर्मिरे लघुवित्त एक आपसमा मर्ज भएपछि नेरुडे मिर्मिरे लघुवित्तको नाममा सूचीकरण भएको हो । नेरुडे र मिर्मिरे १ः१ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यता, मर्जरपछि बनेको लघुवित्तको पहिलो कारोबारका लागि ५८७ रुपैयाँ ८६ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुला हुनेछ । यी २ कम्पनी एक आपसमा मर्ज भएर गत फागुन ३० गतेबाट एकीकृत कारोबार सुरु भएको थियो ।