सहकारी अभियानका मुद्दा सम्बोधन गरेकोमा महासंघद्धारा स्वागत
काठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सरकारको नीति तथा कार्यक्रमको स्वागत गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सहकारी अभियानले उठाएका विषयलाई प्राथमिकतामा राखेको भन्दै महासंघले स्वागत गरेको हो ।
सहकारीमा देखिएका चुनौती सामना गर्न सहकारीको सुपरिवेक्षण र नियमनका लागि विशिष्टकृत निकायको स्थापना गर्ने आवश्यक छ । सरकारले नीतिले दिगो, मर्यादित र सहकारी अभियानको सुशासनलाई सुदृढ पार्ने अपेक्षा महासंघले राखेको छ ।
सरकारले सहकारीको बचत तथा कर्जा सुरक्षण कोष, सहकारी कर्जा असुली न्यायाधिकरण र सहकारी कर्जा सूचना केन्द्र जस्ता प्रमुख संयन्त्रहरूको स्थापना गर्ने तथा बचत तथा ऋणका सहकारीको एकीकरणलाई प्रोत्साहन गर्ने नीतिहरूले सहकारी क्षेत्रको वित्तीय स्थायित्व र लचिलोपनलाई सुदृढ पार्ने महासंघको विश्वास छ ।