सामूहिक आमरण अनशनसँगै संयुक्त संघर्ष समितिको मौन जुलुस, हेर्नुहोस् तस्विरमा
काठमाडौँ । राष्ट्रिय संयुक्त संघर्ष समितिले विभिन्न १८ बुँदे मागसहित काठमाडौँको कलङ्कीमा सामूहिक सत्याग्रह सुरु गरेका छैटौं दिनमा कालो पट्टी बाँधी कलंकी चोकमा मौन जुलुस गरेको छ ।
अनशन बसेको आज छैटौं दिन सम्म पनी सरकारका तर्फबाट कुनै उपस्थिति भएको छैन । अनशनकारीको अवस्था दिनप्रतिदिन नाजुक हुँदै गएको अवस्था छ । जनताको पिडा र आम नागरिकको समस्यामा सहन नसक्ने भयो भन्दै कलंकी चोकमै आन्दोलनकारीले रुँदै आफ्नो पिडा व्यक्त गरेका थिए ।
अन्धो सरकार आँखा खोल, कलंकीमा बसेका आमरण अनशनकारीको मागहरू पुरा गर , युवा बेच्न बन्द गर जस्ता पम्पपेलेट टासी आँखामा कालो पट्टी बाँधेर गरिएको मौन जुलुस कलंकी चोकमै कोड सभामा परिणत भएको हो ।
स्वर्ग जस्तो देशका नागरिक आज बाच्नकै लागी बिदेशिनु पर्ने, आफ्नै देशमा केहि गरेर खान्छु भन्दा काम गरि खाने वातावरणा नदिने, दिनप्रतिदिन नेपाली नागरिक पलपलमा मर्नुपरेको आन्दोलनकारीको आरोप छ ।
हाल सामूहिक सत्याग्रहमा विभिन्न व्यक्ति तथा सङ्घसंस्थाका प्रतिनिधि समेत गरी नौ जना `चन्द्रबहादुर थापा (सागर ), बिन्दु थापा केसि, द्रोण सुवेदी, सुवास श्रेष्ठ, हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोख्रेल, शेरबहादुर साउद र पार्वती पुलामी रहेका छन् । उनीहरूको समर्थनमा दैनिक हजारौँको संख्यामा व्यवसायी तथा आम नागरिक उपस्थित भइराखेका छन् ।