सुनको मुल्यमा उच्च बृद्धि, ब्याजदर कतौती गर्ने अधिकांस बैंकको योजना मुख्य कारण
काठमाडौँ । याे साता सुनकाे भाउमा वृद्धि भएकाे छ । हालसम्मकै उच्च विन्दुमा पुगेकाे सुनकाे भाउमा गत साता गिरावट देखिएकाे थियाे । तर यस साता भने पुनः सुन महंगिएकाे हाे ।
यस साता बिश्व बजारमा सुनको मुल्य उच्च दरले बढेको छ । बैंक अफ इंलेण्ड लगायतका ठूला बैंकहरुले ब्याजदरमा भारी कटौती गर्ने संकेत गरेसँगै त्यसको प्रभाव सुन बजारमा पर्न गएकाे हाे । साेही कारण बिहीबारको तुलनामा शुक्रबार एकै दिन मुल्यमा उच्च बृद्धि भएको बिश्लेषकहरुले बताएका छन्।
अर्काेतर्फ, भूराजनीतीक तनाव बढिरहेकाे अवस्थामा पनि सुनकाे भाउ महंगिएकाे हाे । यसकासाथै सुन माथि लगानी गर्दा सुरक्षित भइने भन्दै लगानीकर्ताहरूले लगानी सुनतर्फ थुपारेकाले सुनकाे भाउ बढ्नुमा मद्दत पुगेकाे हाे ।
अर्काेतर्फ,चीनकाे सुन निर्यातमा अपेक्षाभन्दा भारी वृद्धि हुँदा पनि सुनकाे भाउ बढाेत्तरी भएकाे विश्लेषकहरूकाे भनाइ छ । मार्चमा ७.५ प्रतिशतकाे गिरावट भएपछि चीनमा सुनकाे आयात अप्रिलमा १.५ प्रतिशतले वृद्धि भएकाे हाे । विश्व सुन बजारमा चीनले एक महत्वपूर्ण भूमिका खेल्दछ ।
विश्व बजारमा शुक्रबार सुन प्रतिअउन्स ३० डलर बराबरले वृद्धि भएकाे छ । आज सुन प्रति अउन्स २ हजार ३७५ डलरमा खरिदबिक्री हुँदैछ । चाँदीकाे पनि मूल्य बढेर २८ डलर बराबरमा किनबेच भइरहेकाे छ ।
अन्तररास्ट्रिय बजारमा सुनको मुल्य बढेसँगै नेपाली बजारमा पनि याे साता सुनकाे भाउ उकालाे लागेकाे छ । साताको पहिलो दिन, आइतबार प्रतिताेला एक लाख ३५ हजार ४०० रूपैयाँमा सुन काराेबार भएकाे थियाे । त्यसपछि सुनकाे भाउ निरन्तर रुपमा मंगलबारसम्म बढेको थियाे । सुनकाे भाउ तीन दिनमा नै एक हजार रूपैयाँले महंगिएकाे थियाे । मंगलबार सुन प्रतिताेला एक लाख ३६ हजार ४०० रूपैयाँ पुगेकाे थियाे ।
सुनकाे भाउ बुधबार स्थिर रहेकाे थियाे । तर बिहिबार सुन सामान्य घटेको भए पनि साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार पुनः मुल्य बृद्धि भएको छ । शुक्रबार सुन एकैदिन ताेलामा २ हजार ३०० रूपैयाँले सस्तिएकाे छ । सुन प्रतिताेला एक लाख ३७ हजार ९०० रूपैयाँमा खरिदबिक्री भएकेा छ । साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबारको मुल्य प्रतिताेला २ हजार ५०० रुपैयाँले बढी हो ।
याे मूल्य हालसम्मकाे रेकर्डस्तरभन्दा एक हजार ४ सय रूपैयाँले कम हाे । यसअघि,वैशाख ७ गते, सुनकाे भाउ बढेर ऐतिहासिक उचाइमा पुगेकाे थियाे । त्यस दिन,सुन ताेलामै एक लाख ३९ हजार ३०० रूपैयाँमा खरिदबिक्री भएकाे थियाे । त्यसपछि, सुनकाे भाउमा गिरावट देखिएकाे थियाे ।
यो साता नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतिताेला एक हजार ६४० रुपैयाँ रहेको चाँदीकाे मूल्य लगातार दुई दिन वृद्धि भयाे । तर बुधबार स्थिर रहेर चाँदीकाे मूल्य बिहीबार महंगियाे । साताको अन्तिम दिन, शुक्रबार चाँदी महंगिदा ताेलाकाे एक हजार ७३५ रूपैयाँ कायम भयो । साताको पहिलो दिनकाे तुलनामा अन्तिम दिन, चाँदी ताेलामा ९५ रूपैयाँले बढेकाे छ ।