प्रभु बैंकको १ अर्बको ऋणपत्रको विक्री प्रबन्धकमा सनराइज क्यापिटल |
काठमाडौं । प्रभु बैंक लिमिटेडले जारी गर्न लागेको रू. १ अर्बबराबरको ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धकमा सनराइज क्यापिटल नियुक्त भएको छ । उक्त नियुक्तिसम्बन्धी सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकले ‘प्रभु बैंक डिबेञ्चर २०८६’ नामकाो ऋणपत्र निष्कासन गर्न लागेको हो । सम्झौतासँगै बैंकले सो क्यापिटलमार्फत १० प्रतिशत ब्याजसहित १० वर्षका लागि सो मात्राको ऋणपत्र निष्कासन गर्नेछ ।