भक्तपुर र पश्चिम रुकुममा जेसीबीको नयाँ आउटलेट |

काठमाडौं । नेपालको लागि जेसीबी ब्रान्डका अर्थमुभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रालिले भक्तपुर र रुकुममा आफ्नो ‘अथराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरु गरेको छ । दुवै नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तरराष्ट्रिय स्तरको विक्री पछिको सेवा र स्पेयरको सुविधा पाउनेछन् ।
भक्तपुरको आउटलेटको उद्घाटन प्रमुख अतिथि एमएडब्लु इन्टरप्राइजेजका भाइस प्रेसिडेन्ट गोपाल कुमार अग्रवाल र बी एन्ड के इन्टरप्राइजेजका अध्यक्ष बिकुलाल सुवालले संयुक्त रुपमा गरेका थिए । भक्तपुर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरुको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरु गरेको बी एन्ड के इन्टरप्राइजेजका प्रबन्ध निर्देशक केशव सुवालले बताए ।
उद्घाटन समारोहमा जेसीबी इन्डियाका एरिया सेल्स म्यानेजर बाल कृष्ण बस्याल, जेसीबी इन्डियाका राजकुमार मुदालायर, युसेप नेपालका कार्यकारी निर्देशक विपिन आचार्य, भक्तपुर इटा व्यवसायी संघका अध्यक्ष नातीभाइ हेम्बा र एमएडब्लु अर्थमुभर्सका सेल्स एन्ड मार्केटिङ डिजिएम दिपकराज गिरी लगायतको उपस्थिति थियो ।
एमएडब्लुले गत साता पश्चिम रुकुममा पनि एआरओ शुरु गरेको थियो । जसको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए । उद्घाटन समारोहमा सल्यान, पूर्वी रुकुम र पश्चिमी रुकुममा ग्राहकहरुको उपस्थिति थियो ।
यी सहित जेसीबीले नेपालमा १२ वटा ‘एआरओ’ स्थापना गरिसकेको छ । गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र संचालन भइसकेका छन् । जेसीबीका मेसिनहरुको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट काम गर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् । पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले विक्रीलाई होइन विक्रीपछिको सेवालाई जोड दिने कम्पनीको भनाई छ ।