एनआईसी एशिया क्यापिटलको सीईओमा रमेन्द्र रायमाझी नियुक्त , ११ वर्षभन्दा बढी वित्तीय क्षेत्रको अनुभव |
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा रमेन्द्र रायमाझीलाई नियुक्त गरिएको छ । क्यापिटलको ५५औ सञ्चालक समितिको बंैठकको निर्णय अनुसार रायमाझीलाई उक्त पदमा नियुक्त गरिएको हो ।
रायमाझीले विगत ११ वर्षभन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय वित्तीय क्षेत्रको अनुभव हासिल गरेका छन् । विगतको कार्यसम्पादन तथा कार्यअनुभवबाट उनको कार्यकालमा क्यापिटलको समग्र व्यवसायमा बिस्तार हुनुकासाथै क्यापिटल बाट प्रदान गरिने सम्पूर्ण सुविधाहरुमा उत्कृष्ट रहने विश्वास कम्पनीको छ ।
एनआईसी एशिया क्यापिटलले सेवाग्राहीको सहजतालाई धन दिदै उच्चतम प्रविधि तथा उत्कृष्ट जनशक्तिको सहायताबाट गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।