आज सेयर कारोबार नहुने, बैंक–वित्तीय संस्था पनि बन्द
काठमाडौं । आज बुधबार वैशाख ५ सेयर बजार बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक–वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । राम नवमीको अवसरमा सरकारले सार्वजनिक विदा दिएकाले आज सेयर बजार बन्द हुने भएको हो । अब बजार वैशाख ६ गते बिहान ११ बजे खुल्नेछ ।
यसअघि मंगलबार बजार १४.८१ अंकले घटेर १९९१.७१ अंकमा बन्द भएको थियो । उक्त दिन २ अर्ब १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।