त्रिशूलीको शेयरमा मागभन्दा चार गुणा बढीको प्रविद्धता |
काठमाडौं । हिजो बिहीवारदेखि निष्कासन भएको जनताको जलविद्युत कार्यक्रमअन्तर्गतको त्रिशूली जलविद्युत कम्पनीको प्राथमिक शेयर (आईपीओ)मा मागभन्दा बढी आवेदन परेको छ । पहिलो दिन नै उक्त शेयरका लागि मागभन्दा करिब चार गुणा बढीले प्रतिबद्धता जनाएको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जानकारी दिएको हो ।
प्रधानमन्त्री केपी ओलीले पहिलो आवेदन हालेका थिए । २ लाख ५४ हजार २६ आवेदकले प्रतिबद्धता जनाएका छन् । कुल ३७ करोड ५ लाख रुपैयाँ सर्वसाधारणका लागि खुला गरिएको थियो । यसमा १ करोड १९ लाख ९९ हजार ८१० कित्ताका लागि आवेदन परेको छ ।
कम्पनीले सर्वसाधारणबाट प्रतिकित्ता १० रुपैयाँका दरले रकम माग गरेको छ । बाँकी ९० रुपैयाँ आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गगर्नुपर्ने व्यवस्था मिलाइएको छ, जुन नौ महिनापछि कम्पनीले माग गर्नेछ । कम्पनीले छिटोमा चैत १२ गतेसम्म विक्री खुला गरेको छ ।