सावित्री चिलवालको जीवनीमा आधारित मखमली मखमली– २ को निर्माण शुभारम्भ | नवबालकलाकारमा सम्राट पोखरेल, नायकनायिकामा जयकिसन र शुभेच्छा
काठमाडौं । लेखक एवम् कलाकार सावित्री चिलवालको जीवनीमा आधारित रहेर मखमली मखमली– २ नामक नेपाली चलचित्रको निर्माण शुरू भएको छ । निर्माण तथा कथा लेखन पनि चिलवालकै रहेको उक्त चलचित्रको शुटिङ शुभारम्भ गत फागुन २० गतेदेखि भएको हो ।
लमजुङ घर भई हाल ललितपुरेको महालक्ष्मी स्थान निवासी चिलवालले यसअघि दर्जनौ आधुनिक गीत तथा केशरी एल्बमको दोहोरी गीत पनि लेखिसकेकी छिन् ।
आधुनिक गीतको शब्द लेखनलाई आफ्नो क्यारिअर बनाएर अगाडि बढिरहेकी उनले हाल भने गाउँले वास्तबिक घटनामा आधारित भएर, आफ्नै जीवनका भोगाइहरूलाई समेटेर नेपाली चलचित्र निर्माण गर्न लागेको जानकारी दिइन् ।
नायक जयकिसन बस्नेत, नायिका शुभेच्छा थापा, सुदर्शन आचार्यको सशक्त अभिनय रहने उक्त चलचित्रमा निर्देशन, पटकथा र संवाद राजु गिरीको रहेको छ । निर्देशक गिरीको समेत अभिनय रहेको उक्त चलचित्रमा नव बालकलाकारको रूपमा विराटनगरको गएली टोल घर भई हाल काठमाडौंमा अध्ययनको सिलसिलामा बसिरहेका सम्राट पोखरेललाई देखिने भएको छ ।
उक्त चलचित्रमा बालकलाकार पोखरेलले नायक जयकिसन बस्नेत तथा नायिका थापाको छोराको भूमिकामा रहेर अभिनय गरिरहेका छन् ।