यसरी मनाउँछन् पश्चिमका थारू समुदायले होली |
काठमाडौं । पश्चिम तराईमा बसोवास गर्दै आएका थारू समुदायले होली धुमधामसँग मनाउँछन् । थारू बस्तीमा यति बेला होलीको हर्षोल्लास छाएको छ । बडघरिया (थारू समुदायको मुखिया)को घरमा फगुवा सौगात पु¥याई टीका लगाएर एकआपसमा रङ÷अबिर दलेर यो समुदायमा होली मनाउने गरिन्छ ।
होलीको पहिलो दिन साँझ गाउँको दक्षिणी क्षेत्रमा गाडिएको सिमलको हाँगामा होलिका पूजन गरिन्छ । त्यसपछि सोही काठ घोटेर निस्किएको आगोबाट गुइँठा जलाई थारू समुदायले घरघरमा भित्रायाउँछन् । गुइँठामा बालेर भित्रायाइएको आगो वर्षभरिका लागि ननिभ्ने गरी जतन गरेर अगेनामा राख्नुपर्ने चलन उक्त समुदायमा विद्यमान छ । यसो गरे वर्षभरि भोकमरी नहुने र खाद्यान्न सहज हुने जनविश्वास रहेको छ ।
होलीको मुख्य दिन बिहानै सबै घरबाट एकएक जना गएर होलिका जलाएको ठाउँमा पाँचपटक फन्का लगाउँछन् । त्यसपछि लोटामा लगेको पानी छ्याप्दै खरानीको टीका र रङ लगाएर होली खेल्न शुरू गरिने जानकारहरू बताउँछन् ।
थारू समुदायले तीन दिनसम्म मनाउने होलीमा पहिलो दिन नदीमा माछा मार्ने, सुँगुर काट्ने रहोलिका पूजन गरी आगो भित्रायाउने गर्छन् । दोस्रो र तेस्रो दिन क्रमशː रङ तथा हिलो र पानी छ्यापेर रमाइलो गरी होली मनाइने गरिएको दाङ सिसहनियाका सुरज चौधरी बताउँछन् ।