सुजुकीले ल्यायो ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना
काठमाडौ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालको लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबमाईल्सले ‘नयाँबर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको छ । नयाँ वर्षमा ग्राहकहरुले सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार नगद छुट साथै स्क्रयाच कार्डमार्फत् एक लाखसम्म नगद छुट पाउनेगरी उक्त योजना ल्याएको हो ।
क्यास एक्कासी वा कुनैपनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार, स्कुटरमा २० हजार र फाइनान्समा शुन्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो छनोट गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीकाअनुसार सो योजना आगामी जेठ १८ सम्म लागू हुनेछ ।
साथै, सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले पाँच वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध गराउने जनाएको छ ।