यो हप्ता पनि सुन र चाँदीको मुल्यमा नयाँ रेकर्ड कायम
काठमाडौँ । यो साता पनि गत साता जस्तै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिनको तुलनामा पाँचौ दिन बिहिबार हालसम्मकै उच्च रेकर्ड कायमगरी शुक्रबार पुनः ओरालो लाग्यो ।
अमेरिकी रिजर्भ बैंकले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै र बिश्व बजारमा द्धन्द अझै बढ्न सक्ने आँकलनका कारण पनि मुल्य वृद्धिमा चाप परेको बिश्लेषकहरुले बताएका छन्।
नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ७ हजार १ सय ७० रुपैयाँ रहेको सुनको मुल्य दोसौ दिन सामान्य घटेर पुनः बृद्धि भई पाँचौं दिन बिहिबार हालसम्मकै उच्च अर्थात प्रति १० ग्राम १ लाख ९ हजार ५ सय ७० पुगेर साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार फेरी घटेर १ लाख ८ हजार ४ सय ५५ कायम भयो । यो मुल्य साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार २ सय ८५ रुपैयाँले कम हो ।
यो साता नेपाली बजारमा चाँदीको मुल्यले पनि नयाँ रेकर्ड राख्दै प्रति १० ग्राम १ हजार ३ सय ३३ रुपैयाँ कायम भयो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५ सय ३० रुपैयाँ रहेको चाँदीको मुल्य बिहिार रेकर्ड राखेपछि साताको अन्तिम कारोबार भएको दिन शुक्रबार भने सामान्य घटेर प्रति १० ग्राम १ हजार ५ सय रुपैयाँ कायम भयो ।