आज बिहानै ४.१ रेक्टरस्केलको नयाँ खालको भूकम्पको महसुस |
काठमाडौं । काठमाडौं उपत्यका र आसपासका जिल्लामा आज सोमवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ९ बजेर १ मिनेटमा मकवानपुर केन्द्र भएर गएको ४.१ रेक्टरस्केलको भूकम्पको धक्का काठमाडौंसम्म महसुस भएको हो ।
राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर सो भूकम्प गएको हो । भूकम्पको धक्का मकवानपुरसँगै, नुवाकोट, धादिङलगायतका जिल्लामा पनि महसुस भएको बताइएको छ ।
२०७२ सालको गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको भएपनि आज सोमवार गएको भूकम्प त्यसको पराकम्प नभएर नयाँ खालको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।