सानिमा इन्स्योरेन्सको अध्यक्षमा लामिछाने |
काठमाडौं । सानिमा इन्स्योरेन्स कम्पनी लिमिटेडका संस्थापक शेयरधनी समुहवाट ४ जना नयाँ सञ्चालकहरु खेमराज लामिछाने, सोनाम ग्याच्छो, दिलिप श्रेष्ठ र डा. हेमन्त दवाडी निर्वीरोध निर्वाचित भएका छन्।् । सञ्चालक समितिको बैठकले सञ्चालकहरु मध्येबाट खेमराज लामिछानेलाई अध्यक्ष बनाएको छ ।
कम्पनीका प्रथम बार्षिक साधारण सभामा अध्यक्ष डा. जुगल भुर्तेलले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गत असार २७ बाट कारोबार शुरु गरेको कम्पनीले नेपाल वित्तिय प्रतिवेदन (एनएफआरएस) बमोजिम वित्तिय विवरण तयार पारेको छ ।
कम्पनीको प्रधान कार्यालय सहित १२ वटा शाखा कार्यालयहरु, ५ वटा तेश्रो पक्ष बीमा काउन्टर तथा ३ वटा शाखाहरुवाट बाली तथा पशु बीमा सेवा उपलव्ध गराउँदै आएको छ ।