माउन्टेन हाइड्रोको आईपीओ बाँडफाँड, सबैले पाए शेयर |
काठमाडौं । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले निष्काशन गरेको साधारण शेयर (आईपीओ) चैत ३ गते आइतबार सिद्धार्थ क्यापिटलको कार्यालय नक्सालमा बाँडफाँड भएको छ । आईपीओमा आवेदन दिएर सदर भएका २३ हजार ९६५ आवेदकले ४० कित्ता शेयर प्राप्त गरेका छन् भने २६ हजार ९७३ आवेदकले ३० कित्ता शेयर पाएका छन् ।
आईपीओमा ५० हजार ९ सय ५४ जनाले आवेदन दिएकोमा ५० हजार ९ सय ३८ आवेदकको मात्र आवेदन भेरिफाई भएको क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले यस अघि पहिलो चरणमा असार २२ देखि आयोजना प्रभावीत स्थानीयबासीका लागि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । स्थानीयलाई शेयर निष्काशन गर्दा विक्री नभएको ५ लाख ६६ हजार १ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई १८ लाख १६ हजार १ सय १० कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले पाँचथरको फिदिम गाविसमा २१.६ मेगावाटको तल्लो हेवाखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।