नेपाली श्रमिकहरू कतार शून्य लागतमा जान पाउने |
काठमाडौं । श्रमका लागि नेपालीहरूको प्रमुख गन्तव्यका रूपमा रहेको खाडी मुलुक कतारमा अब नेपाली श्रमिकहरू शून्य लागतमा जान पाउने भएका छन् । नेपाली कामदारका लागि शून्य लागतको व्यवस्था गर्न कतारले सहमति जनाएको छ । नेपाल र कतारका अधिकारीबीच दोहामा भएको छलफलमा श्रमिक भर्ना गर्दाको सबै खर्च व्यहोर्न कतार तयार भएको हो ।
यद्यपि यो विषयलाई विस्तृत रूपमा श्रम सम्झौतामा नै नखुलाउने कतारको प्रस्ताव रहेको छ । कतारमा रोजगारीमा जाने नेपाली युवायुवतीहरूले १ देखि डेढ लाख रुपैयाँसम्म बुझाउँदै आएका छन् ।